धरानका मेयर हर्क साम्पाङले सार्वजनिक गरे सय दिनको काम - Crazysaptahik.com

धरानका मेयर हर्क साम्पाङले सार्वजनिक गरे सय दिनको काम

क्रेजी संवाददाता
धरान । धरानका मेयर हर्क साम्पाङले सय दिनको काम सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत सय दिनको काम सार्वजनिक गरेका हुन् ।

साम्पाङले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको उल्लेख गरेका छन् त्यस्तै उनले ४ ठाउँबाट खानेपानीको मुहान थपेको उल्लेख गरेका छन् ।

साम्पाङले व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जटाएको, ६ लाख विरुवा रोपेको, सरसफाईमा देखिने सुधार ल्याएको, प्रशासनिक सुधार ल्याएर शान्ति सुरक्षामा सुधार ल्याएको, जलविद्युतको सफल परीक्षण लगायतका कामहरु सार्वजनिक गरेका छन् । यस्तो छ उनको फेसबुक स्टाटसमा उल्लेख गरिएका बुदाँहरू

१०० दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर ः
१) नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें ।
२) ४ ठाउँबाट खानेपानीको मूहान थपें ।
३) व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ ।
४) ६ लाख विरुवा रोपें ।
५) सरसफाइमा देखिने सुधार ल्याएँ ।
६) प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ ।
७) जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें ।
८) बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन ।
९) लागु औषध विरुद्धको अभियान शुरु गरें ।
१०) योजनाहरुका लागि बजेटको जोहो गराएँ ।
११) पारदर्शी हिसाब किताब सार्बजनिक गरें ।
१२) पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ ।
१३) शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ ।

सम्बन्धित खवर