राधाकृष्ण मन्दिरमा रथयात्र सम्पन्न, अब्यवस्तित बिजुलीको तारले असहज - Crazysaptahik.com

राधाकृष्ण मन्दिरमा रथयात्र सम्पन्न, अब्यवस्तित बिजुलीको तारले असहज

क्रेजी सम्वाददाता
पथरी-
सदा झै यस वर्ष पनि महत्वपूर्ण पर्वका रुपमा स्थापित श्री राधाकृष्ण रथयात्रा पथरीशनिश्चरे – ४ मा स्थापित श्री राधाकृष्ण मन्दिरमा सम्पन्न भएको छ ।

कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथ यात्रा शनिबार विहान ८ः३० बजेबाट सुरु भएको हो । रथ यात्रा अवलोकन गर्न स्थानीय भक्तजनहरुको उपस्थिति रहेको थियो ।

राधाकृष्ण मन्दिरबाट शुभारम्भ भएको रथयात्रा सोमबारे बजार हुदै शनिश्चरे बजार क्षेत्र परिक्रमा गरी पुनः मन्दिरमा आएर यात्राको विर्सजन भएको थियो ।

अब्यबस्तित बिजुलीको पोलबाट तानिएको तारले भने रथ यात्रालाई निक्कै असहज बनाएको थियो । स्वयमसेवकहरुले जसोतसो तारलाई ब्यवस्थापन गरेर रथलाई बजार परिक्रमा गराएका थिए ।

 

सम्बन्धित खवर