फेसबुक ह्याक गरेर ठगी गर्ने पथरीशनिश्चरेका पाठक पक्राउ - Crazysaptahik.com

फेसबुक ह्याक गरेर ठगी गर्ने पथरीशनिश्चरेका पाठक पक्राउ

क्रेजी संवाददाता
पथरी । अर्काको फेसबुक पासवर्ड ह्याक गरेर त्यसमा जोडिएका साथीहरुसँग पैसा उठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–१० का किरण पाठक रहेका छन् । प्रहरीका अनुसार पासवर्ड ह्याक गरेपछि प्रोफाइलमा जोडिएका साथी तथा आफन्तसँग अप्ठेरो प¥यो भन्दै पाठकले पैसा माग्ने गरेका थिए ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार करिब डेढ दर्जन महिला तथा पुरुषसँग पैसा उठाएपछि पाठक प्रहरीको फन्दामा परेका हुन् । ब्युरोका प्रवक्ता पशुपती रायले पीडितहरु अझै बढ्न सक्ने बताए ।

सम्बन्धित खवर