क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित दिपकला इन्टरप्राइजले ‘बजाज एक्सचेन्ज’ अफर ल्याउने भएको छ ।
‘अब अपडेटलाई गरौं अपग्रेड’ भन्ने मुख्य स्लोगान सहित यही माघ १५ देखि १७ गतेसम्म ‘बजाज एक्सचेन्ज’ अफर सञ्चालन गरिने दिपकला इन्टरप्राइजका एमडी अमिस पौडेलले जानकारी दिए ।
बजाज एक्चेन्जमा एक्ट्रा अपग्रेडसँगै एक्ट्रा फाइदा, एक्ट्रा भ्यालुएसन, एक्ट्रा बेनिफिट ग्राहकले प्राप्त गर्ने पौडेलले जानकारी दिए । कुनै पनि मोटरसाइकलको प्रचलित बजार मूल्य भन्दा ७ हजार रुपैैयाँ अतिरिक्त थप गरी पुरानो मोटरसाइकल मूल्यांकन गरिने हुँदा ग्राहकलाई राहत हुने उनको भनाई छ ।
पथरी बजारका अलवा जाँते, कानेपोखरी, लेटाङ, उर्लाबारी, शनिश्चरे, हसन्दह र अमरदह लगायतका बजाजप्रेमी ग्राहकरुले सेवा लिनेमा इन्टरप्राइज विश्वस्त रहेको छ ।