प्याब्सन पथरीशनिश्चरेद्वारा अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता - Crazysaptahik.com

प्याब्सन पथरीशनिश्चरेद्वारा अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता

क्रेजी संवाददाता
पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरेले आयोजना गरेको अन्तर विद्यालय लोक नृत्य छनौट प्रतियोगितामा जुनियरतर्फ न्यु पेगोडा अंग्रेजी आवासीय मावि र सिनियरतर्फ वाल्मीकि मेमोरियल अंग्रेजी आवासीय मावि प्रथम स्थान ओगट्न सफल भएका छन् ।

यस्तै जुनियरतर्फ वाल्मीकि मावि द्वितीय र रेडस्टार अंग्रेजी आवासीय मावि तृतीय हुँदा सिनियरतर्फ एभरेष्ट आवासीय मावि द्वितीय र रेडस्टार मावि नै तृतीय घोषित भएका छन् ।

प्याब्सन नगर कार्यसमितिले स्थानीय अरुणोदय आवासीय मा.वि.को प्राङ्गणमा शनिबार आयोजना गरेको प्रतियोगितालाई सम्बोधन गर्दै पथरीशनिश्चरे नगरपालिका नगरप्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि मोहनप्रसाद तुम्बापोले नगरभित्र रहेका शैक्षिक संस्थाले विद्यार्थीको सर्वाङ्गीण विकासमा अहम् भूमिका निर्वाह गरिरहेको बताए ।

नेपाली लोक संस्कृतिको संरक्षण गर्ने हेतुले आयोजित प्रतियोगितामा थारू, साकेला, झाँगड, गुरुङ, कौडा लगायतका विभिन्न जात जाति सम्बद्ध १२ वटा नृत्य प्रस्तुत भएका थिए ।

प्रतियोगितामा सफल हुने नृत्य समूहलाई उपेन्द्र कँडेल, राजु तिम्सिना, शालिग्राम काफ्ले, दिनेश पोखरेल, चन्द्रप्रसाद दुलाल, सुरेन्द्र लिम्बु, नोवलकिशोर खनाल, रविन कन्दङ्वा, मोहनप्रसाद तुम्बापो लगायतका अतिथिहरूले ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरेका थिए । कुमार अनुरागी र सुमन योगी निर्णायक रहेको उक्त प्रतियोगिताको सञ्चालन प्याब्सन नगर कार्यसमिति सचिव सन्तोष बस्नेतले गरेका थिए ।

यसअघि शुक्रबार स्थानीय भूपू सैनिक अङ्ग्रेजी स्कुलको सभा हलमा भएको हिज्जे प्रतियोगितामा आइसल्यान्ड बोर्डिङ स्कुल पहिलो, एभरेस्ट स्कुल दोस्रो, सुपब् मोडल स्कुल तेस्रो, रेडस्टार स्कुल चौथो, प्याराडाइज स्कुल पाँचौं, न्यु पेगोडा स्कुल र डनबस्को स्कुल छैटौँ स्थान घोषित भए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.