एसिया कप : श्रीलंका र अफगानिस्तान भिड्दै - Crazysaptahik.com

एसिया कप : श्रीलंका र अफगानिस्तान भिड्दै

एसिया कप २०२२ शनिबारबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा श्रीलंका र अफगानिस्तानको टोली आमनेसामने हुनेछन् ।श्रीलंकाको कप्तानी दासुन शनाकाले गर्नेछन् भने अफगानिस्तानको कप्तानी मोहम्मद नाबीले गर्नेछन् । श्रीलंका र अफगानिस्तानबीच हालसम्मको एक मात्र टी२० खेल २०१६ को टी२० विश्वकपमा खेलिएको थियो जहाँ श्रीलंकाले जितेको थियो।

तर, वर्षौंदेखि अफगानिस्तानको टोलीले आफूलाई सुधार्न कडा मेहनत गरेको छ र उनीहरूसँग क्रिकेटको छोटो ढाँचामा ठूलो फरक पार्ने क्षमता छ। यो खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । यस प्रतियोगितामा १५ दिनभित्र १३ खेल हुनेछन् ।

पहिलो दुई समुहमा रहेका टोलीले दुई÷दुई खेल खेल्नेछन् र पुछारमा रहेको टोली बाहिरिनेछ । यसपछि सुपर फोरका खेलहरू सुरु हुनेछन् र यहाँका दुई उत्कृष्ट प्रदर्शन गर्ने टोलीले फाइनलमा स्थान बनाउनेछन्।

सम्बन्धित खवर