युनाइटेडको दोस्रो जित - Crazysaptahik.com

युनाइटेडको दोस्रो जित

म्यानचेस्टर युनाइटेले प्रिमियर लिग फुटबलमा दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा युनाइटेडले साउथह्याप्टनलाई १–० गोल अन्तरले हराएको हो ।साउथह्याप्टनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेसले निर्णायक गोल गरे । एनले खेलको ५५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई १–० गोलको जित दिलाए ।

प्रिमियर लिगमा युनाइटेडको यो दोस्रो जित हो । जितसँगै युनाइटेडले चार खेलबाट ६ अंक जोडेको छ । यता साउथह्याम्पटनको ४ खेलबाट ४ अंक छ । युनाइटेड सिजनको पहिलो र दोस्रो खेलमा पराजित भएको थियो ।

 

सम्बन्धित खवर