बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा हेर्था बर्लिनमाथि १–० जित निकालेको छ । शनिबार भएको खेलमा डर्टमण्डलाई जित दिलाउन एन्थोनी मोडेस्टेले निर्णायक गोल गरे ।
पहिलो हाफको ३२ औं मिनेटमा गरेको उनको गोल नै खेलको निर्णायक बनेको थियो । जितसँगै डर्टमण्डले ४ खेलमा ९ अंक जोडेको छ । यता हेर्था एक अंक जोडेर १७ औं स्थानमा छ ।