चेल्सीको जितमा स्टर्लिङको दुई गोल - Crazysaptahik.com

चेल्सीको जितमा स्टर्लिङको दुई गोल

प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले लेस्टरसिटीमाथि २–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि जित दिलाउने रहिम स्टर्लिङले दुई गोल गरे ।यता लेस्टरका लागि हार्बे बार्नेसले एक गोल फर्काए ।

चेल्सी खेलको २८ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको चेल्सीका लागि खेलको ४७ औं मिनेटमा स्टर्लिङले गोल गर्दै टिमलार्य अग्रता दिलाए । ६३ औं मिनेटमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्र्दै टिमलाई २–० गोलको अग्रता दिलाए ।

६६ औं मिनेटमा लेस्टरका लागि बार्नेसले एक गोल फर्काए पनि चेल्सीले २–१ गोलको जित निकाल्यो । जितसँगै चेल्सीले ४ खेलबाट ७ अंक जोडेको छ । यता पराजित लेस्तरले ४ खेलबाट १ अंक जोडेको छ ।

सम्बन्धित खवर