क्रेजी संवाददाता
पथरी । किरात राई पत्रकार संघ मोरङको तेस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा बिजय खम्बु राई नेतृत्वमा सर्वसहमत समिति चयन भएको छ ।
आइतबार पथरीशनिश्चरे–१ मा स्थापित मनोहर होटल एण्ड पार्कमा भएको सम्मेलनबाट उपाध्यक्ष हिमाल राई, सचिवमा संगीता राई, सह–सचिवमा कबिता राई र कोषाध्यक्षमा पबित्रा राई चयन भएका हुन् ।
यस्तैगरी सदस्यहरुमा शुसिला राई, असिम राई, अविशेक बान्तावा किराँती र सम्झना राई सर्बसहमत निर्वाचित भएका हुन् । सम्मेलन आयोजक समितिको संयोजक नारायण राईको सभापतित्वमा र सचिव लक्षणा राईले सञ्चालन गरेको थिए ।
कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, किरात राई पत्रकार संघको केन्द्रीय सह–सचिव सन्तोष राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समिति सदस्य अर्जुन कुलुङ राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
किरात राई पत्रकार संघको राष्ट्रिय सम्मेलन यही भदौ २८ र २९ गते काठमाडौंमा सम्पन्न हुँदैछ ।