आँखा पाक्ने र डेंगुु नियन्त्रण गर्न अन्तरक्रिया - Crazysaptahik.com

आँखा पाक्ने र डेंगुु नियन्त्रण गर्न अन्तरक्रिया


ईस्वर दुलाल
पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिकामा आँखा पाक्ने र डेंगु नियन्त्रण गर्नका लागि सरोकारवालाहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । मंगलबार नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापोको नेतृत्वमा उपप्रमुख देवीमायाँ काफ्ले, प्रमुख प्रसासकिय अधिकृत लक्ष्मीप्रसाद खरेल स्वास्थ्यकर्मी, प्रहरी, जनप्रतिनिधि तथा सरोकरवालाहरुको उपस्थितिमा छलफल भएको हो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय मोरङका प्रमुख सुरेश मेहेताले डेंगु र आँखा पाक्ने रोग के हो ? र यसका लक्षण र बाच्ने उपाय बारे बताउनु भयो भने फोकल पर्सन उत्सव पोखरेललेले रोगको विषयमा सहजीकरण गर्नुभको थियो ।

डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टे वास स्थान खोजि लार्भा नष्ट गर्ने अभियान तिब्र रुपमा संचालन भईरहेको र आँखा पाक्ने रोग नियन्त्रणका लागि सिबिर संचालन गर्ने पथरीशनिश्चरे नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनु भयो ।

डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।

डेंगुका लक्षणहरुः
१) उच्च ज्वरो आउन
२) जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
३) आँखाको गेडी दुख्नु
४) बेस्सरी टाउको दुख्नु
५) शरीरमा राता बिमिराहरू आउनु
६) वाकवाकी लाग्नु वा वान्ता हुनु

आँखा पाक्ने रोगलाई कन्जनटिभाइटिस पनि भनिन्छ । आँखा पाक्नुका विभिन्न कारण छन । जस्तैः इन्फेक्सन (ब्याक्टेरिया र भाइरस) ले एलर्जी र आँखामा केमिकल परेर । तर, वर्षातको समयमा आँखा इन्फेक्सन र एलर्जीको कारणले धेरै पाक्ने गर्छ । आँखा पाक्दा अत्यधिक पीडा हुन्छ । यसका साथै आँखा चिलाउने, पोल्ने र बिझाउने हुनुका साथै रातो हुन्छ ।

ब्याक्टेरयिाले आँखा पाकेको छ भने आँखामा पहेंलो चिप्रा आउँछ । भाइरलले पाकेको हो भने आँखाबाट पानी धेरै आउँछ । ब्याक्टेरिया निको हुन २ हप्तादेखि १ महिनासम्म लाग्न सक्छ र भाइरल निको हुन ७ देखि १४ दिन लाग्छ । भाइरल र ब्याक्टेरियाबाट पाकेको आँखा एकै प्रकारले सर्छ ।

आँखा पाक्दाको लक्षणहरुः
आँखा पाक्दा आँसु बग्ने, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनुका साथै सुन्निने गर्छ । आँसु बग्ने, चिलाउने, उज्यालोमा बस्न नसक्ने, पोल्ने, बिझाउने र रातो हुने आँखा पाक्नुका मुख्य लक्षण हुन् । साना बच्चामा यो समस्या देखिँदा आँखामा जालो देखिन्छ ।

उपचारका विधिहरुः
पाकेको आँखालाई आइसले सेक्दा र सफा पानीले आँखा धुँदा केही सहज महसुस हुन्छ । हाम्रो समाजमा आँखा पाक्यो भने दुईचार दिनमा निको हुन्छ भनेर बजारबाट आफूखुसी औषधि किनेर लगाउने चलन छ । बजारमा पाइने औषधिले तुरुन्तै आँखा निको भए पनि भविष्यमा मोतिविन्दु, जलविन्दु जस्ता समस्या हुन सक्छ । त्यसैले डाक्टको परामर्श अनुसार औषधिको प्रयोग गर्नु पर्दछ ।

बच्ने उपायहरुः
– आँखा छुनुभन्दा अगाडि राम्रोसँग साबुन–पानीले हात धुने
– सफा पानीले आँखा धुने
– रुमाल, तौलियाबाट आँसुमार्फत भाइरस तथा ब्याक्टेरिया एकअर्कोमा सर्ने हुँदा आँखा पाकेका बच्चाको आँसु, चिप्राबाट बच्ने र उनीहरुले प्रयोग गरेका रुमाल र तौलिया प्रयोग नगर्ने ।

सम्बन्धित खवर