अत्याधुनिक पशु सेवा केन्द्र नगरपालिकालाई हस्तान्तरण - Crazysaptahik.com

अत्याधुनिक पशु सेवा केन्द्र नगरपालिकालाई हस्तान्तरण


ईस्वर दुलाल
पथरी।
मोरङ पथरीशनिश्चरे नगरपालिकामा कृषी तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोमेसन आयोजनाको लगानीमा अत्याधुनिक पशु सेवा केन्द्र हस्तान्तरण भएको छ । आयोजनाका निर्देशक डा. उमेश दाहालले नगरप्रमुख मोहन तुम्बापो र प्रमुख प्रसासकिय अधिकृत लक्ष्मिप्रसाद खरेललाई भवनको स्वामित्व हस्तान्त्रण गर्नुभएकोे हो ।

वडा नंं. ३ मा निमार्ण भएको पशु सेवा केन्द्र नरशिंगा कन्ट्रक्सन प्रालि संग गत २०७९ भदै २३ गते संझौता भएको सो भवन बैषख ३१ गते सम्पन्न गर्ने लक्ष राखेता पनि संझौता अनुरुप म्यद थप गरि निर्माण कम्पनीले हालै निर्माण सम्पन्न गरि हस्तान्त्रण गरेको हो ।

सो कार्यक्रममा बोल्दै नगरप्रमुख मोहन तुम्बापोले नगरमा आवश्यक झल्केको उक्त सेवा केन्द्र निर्माण गरिदिन नेपाल लाइभस्टक सेक्टर इनोमेसन आयोजनालाई धन्यवाद दिँदै चाडँै संचालनमा आउने बताउनुभयो । उहाँले उक्त सेवा केन्द्र संचालनमा आएपछि कृषकहरुलाई धेरै राहत पुग्ने तथा पशुहरुमा देखिने समस्याबाट हुने चिन्ता कम हुने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै जग्गा खोजी कार्य, जग्गा उपलब्ध भई भवन निर्माण गर्दाका चुनौतीहरु बारे वडा नं. ३ का पूर्व वडाध्यक्ष डम्बर चेम्जोङले प्रकाश पार्दै जग्गा दाताहरुलाई धन्यवाद दिनु भयो ।

 

 

पथरीशनिश्चरे वडा नं ३ का वडाध्यक्ष बिजय लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरका उपप्रमुख देवीमायाँ काफ्ले, आयोजनाका अनुगमन मुल्याङकन अधिकृत डा. प्रवेश शर्मा, नगर पशु सेवा केन्द्र प्रमुख डा. सवल पोख्रेल, नगर प्रवक्ता एवम् वडा नम्बर ८ का वडाध्यक्ष नबिन कार्की, २ नं. वडाध्यक्ष नैना राई, ४ नं. वडाध्यक्ष लोककिरण न्यौपाने, ७ नं. वडाध्यक्ष उद्वराज बस्नेत, १० नं. वडाध्यक्ष जिवन खतिवडा, कार्यपालिका सदस्यहरु तगायत कृषकहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर