क्युट कट पार्लर एण्ड एकेडेमीको शाखा उद्घाटन - Crazysaptahik.com

क्युट कट पार्लर एण्ड एकेडेमीको शाखा उद्घाटन

क्रेजी संवाददाता
पथरी
। मोरङ पथरीशनिश्चरे १ मा जालपा देवी मार्ट अगाडि संचालनमा आएको क्युट कट पार्लर एण्ड एकेडेमीले आफ्नो शाखा उद्घाटन गरेको छ । शनिबार पार्लरले सिनेमा हल लाईनमा आफ्नो दोस्रो शाखा उद्घाटन गरेको हो ।

 

क्युट कट पार्लर एण्ड एकेडेमीको प्रधान कार्यलय

 

उद्घाटन कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवम् मोरङ व्यापार संघ कार्यसमिति सदस्य एवम् ९ वटा शाखा संयोजक चन्द्रबहादुर भट्टराई (भरत), विशिष्ट अतिथि पथरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष दिपक बस्नेत, पथरीशनिश्चरे वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेतले संयुक्त रुपमा रिवन तथा केक काटेर पार्लरको उद्घाटन गर्नु भएको थियो ।

 

 

कार्यक्रममा बोल्दै अतिथिहरुले ‘पार्लरको सफलताको लागि शुभकामना दिदै अहिलेको समयमा सुविधा सम्पन्न पार्लरको आवश्यकता झनै रहेको र ब्युटिसियन सम्बन्धि ट्रेडिङ दिने उद्देश्यका साथै बेरोजगारीलाई रोजगार दिने उद्देश्यले खोलिएकोमा आफुहरु खुसि भएको ब्याक्त गर्नुभएको थियो ।’

पार्लरमा ग्राहकहरुका लागि हाइड्रा फेसियल, निडल पिन फेसियल, बिबि ग्लो फेसियल, नर्मल फेसियल, क्यामिकल स्ट्रेट, केराटिन, केराटिन प्रोटिन, हियर स्पा, नेल आर्ट, ल्यासेस स्टेन्स्, कानको लोती टाल्ने लगायत सेवाहरु दिने छ । एकेडेमीले ब्युटिसियन तालिम अन्तरगत बेसिक एण्ड एड्भान्स कोर्श तथा वैदेशीक रोजगारिका लागि स्पेसल एक्सट्रा कोर्स संचालन गर्ने क्युट कट पार्लर एण्ड एकेडेमीका संचालिका रेखा बस्नेत भट्टराईले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘हामीले शाखामा तिज विशेष अफर अन्तगत ग्राहकहरुलाई ३० प्रतिशत छुट तथा ब्युटिसियन तालिम अन्तरगत ४० प्रतिशत छुट र सेल्फ मेक–अप ७ दिने तालिमलाई २ हजारमा दिइने छ ।’

 

 

क्युट कट पार्लर एण्ड एकेडेमीको प्रधान कार्यलयमा भने पुरुष तथा महिला दुबैलाई ब्युटी सम्बधि सेवाहरु प्रदान हुने, प्रोफेसनल प्रोडक्ट पाउनुका साथै लभवारमेट र न्यूलुकका पोडक्ट सुफत मुल्यमा प्रप्ता हुनेछ ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.