पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको चौथो सस्करण हुने - Crazysaptahik.com

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको चौथो सस्करण हुने

क्रेजी संवाददाता
पथरी । स्थानीय क्रिकेट खेलाडीको उत्पादन गर्न र क्रिकेट प्रतिभा पहिचान गर्न चौथो संस्करणको क्रिकेट लिग हुने भएको छ ।
आयोजक पिएस पिएल समितिले दिएको जानकारी अनुसार दशै पछिको समयमा क्रिकेट लिगको चौथो संस्करणका प्रतियोगिता आयोजना हुने भएको हो ।
नगरपालिकामा तीन संस्करणको लिग आयोजना भइसकेको छ । यो संस्करणमा ७ क्लवले प्रतिष्पर्धा गर्ने आयोजकका अध्यक्ष विरोज मगरले जानकारी दिए । नियमित प्रतिष्पर्धा गर्दै आएका मंगलबारे लिजेण्ड र हिसाब किताब टाइडेन्सले यस संस्करणमा सहभागी नहुने जानकारी दिएपछि नयाँ टोलीका रुपमा गार्खा जिलेण्डले चौथो संस्करणमा सहभागी जनाउन लागेको हो ।
पथरीशनिश्चरे भित्रका खेलाडीलाई मात्रै सहभागी गराउँदै आएको प्रतियोगिताको चौथो संस्करण बाट कोशी प्रदेशका चार खेलाडीलाई क्लबले अनुवन्धन गर्न पाउने भएको छ ।
‘बाहिरका खेलाडी पनि सहभागी गराएर प्रतियोगिताको स्तर वृद्धि गर्न लागेका छांै’ अध्यक्ष मगरले भने ‘यस पटक प्रतियोगिताको प्रचार थप हुन्छ भन्ने विश्वास लिएका छौ’ ।
यस पटक अगाडिका प्रतियोगितामा जस्तै अक्सन गरिने र अक्सनबाट क्लबले खेलाडी खरिद गर्ने छन् । भाद्र २२ सम्म खेलाडी दर्ताको लागि समय सिमा निर्धारण गरिएको र त्यसको केही दिनमा अक्सन गरिनेछ ।
यस पटक प्रत्येक क्लबले २ जना मात्रै खेलाडी ‘रिर्टन’ गर्न पाउने र अन्य खेलाडी अक्सन मार्फत् खरिद गर्न पाउने छन् । एक टिमले अक्सनमा कम्तीमा १४ खेलाडी खरिद गर्न सक्ने आयोजकका सचिव राकेश राईले जानकारी गराए ।
पहिलो संस्करणको विजेता रोयल किङ्स, दोस्रो र तेस्रो संस्करणको विजेता सात वाघसँगै आइतबारे अस्त्र, विरेन्द्रनगर स्टिल टाइगर, बुद्ध युनाइटेड, क्लासिक एलाभेन हसन्दह र नव प्रवेशी गोर्खा लिजेण्डले प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।
पथरीको जाँते मोडमा रहेको पथरी रंगशाला र जिरिखिम्ती मैदानमा प्रतियोगीताका खेलहरु हुनेछन् । आयोजकका अनुसार यस पटकको प्रतियोगीतामा सहभागी जनाउन विगतका वर्ष भन्दा धेरैले फारम भरिसकेका छन् ।

सम्बन्धित खवर