शनिश्चरे शिविरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शिलान्यास - Crazysaptahik.com

शनिश्चरे शिविरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शिलान्यास

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० अवस्थित शिविरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको आज शिलान्यास गरिएको छ ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, इन्ट्रा फाउन्डेसन नेपालका अध्यक्ष डिल्ली अधिकारी, वडा नं. १० वडाध्यक्ष जीवन खतिवडा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, क्याम्प सचिव चम्पासिंह राई, इन्ट्रा फाउन्डेसन नेपालका संयोजक राम बानिया, कलाकार दिलिप रायमाझी, गायक किरण गजमेर लगायतले संयुक्त रुपमा सेवा केन्द्रको शिलान्यास गरिएको हो ।


पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहन प्रसाद तुम्वापोले शरणार्थी शिविरवासी र नगरपालिका बीच सहयोग आदान प्रदान भइरहेको बताउनुभयो । आज वडा नं. १० मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको सिलान्यास कार्यक्रमका प्रमुख अतिथि रहनुभएका तुम्वापोले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो– ‘हामी जस्तोसुकै परिस्थिति यानेकी अफ्ठ्यारोमा या भनौ महामारीमा नगरकै आधारमा सहयोग आदान प्रदान गरिरहेका छौं । भावी दिनमा पनि यही सदासहायता हामी बीच कायम रहनेछ ।’


यस्तैगरी इन्ट्रा फाउण्डेसन नेपालका अध्यक्ष डिल्ली अधिकारीले भन्नुभयो–‘शिविरवासीलाई सक्ने जति सहयोग गरिरहेका छौं । र, यहाँ अब स्वास्थ्य चौकीका आज शिलान्यास भएको छ । हामीले प्राथमिक उपचार उपलब्ध गराउनु मात्र पनि सामाजिक कार्य गरेका छौ भन्ने लाग्छ र यस क्याम्पमा सधैं सहयोग गरिरहनेछौं ।’
नगरपालिका र इन्ट्रा फाउण्डेन्सन नेपाल बीच एम्वुलेन्स सञ्चालन र आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाको लागि सम्झौता भएअनुसार स्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरिएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.