ट्राफिक प्रहरी पथरीले प्रेसर हर्न निकाल्दै - Crazysaptahik.com

ट्राफिक प्रहरी पथरीले प्रेसर हर्न निकाल्दै


क्रेजी संवाददाता
पथरी।
प्रदेश नं १ मा हर्न बजाउन निषेध छ । तर सवारी साधन हर्न नबजाइ सडकमा गुड्दैनन् । सवारी साधनमा लगाइने प्रेसर हर्न ध्वनी प्रदुषणको एउटा कारण हो । त्यस्ता हर्नबाट निस्किने चर्को आवाजले मानिसको श्रवण क्षमतामा ह्रास आउने चिकित्सकहरू बताउँछन ।

तर त्यही प्रेसर हर्न सवारी साधनका कर्मचारीले लगाइरहन्छन्, ट्राफिक प्रहरीले झिकिरहन्छन ।

सोमबार पुनः ट्राफिक प्रहरी पथरीको टोली सवारी साधनबाट प्रेसर हर्न निकाल्न सडकमा खटियो । सो टोलीले ठुला सवारी साधन चेक जाच गर्दा ५ वटा सवारी साधनमा प्रेसर हर्न भेट्टाएकाले झिकिदियो ।

चेकजाँचका क्रममा ठूला सवारी साधनहरुमा प्राय प्रेसर हर्न जडान गरेको पाईन्छ त्यस्तो हर्न चेकजाचको क्रममा भेट्टाए झिकिदिने गरेको प्रहरी सहायक निरिक्षक योगेनद्र सिंह खड्काले जानकारी दिनुभयो ।

नम्बर मेटिएका सवारी साधन र ठूलो आवाज निस्किने प्रेसर हर्न लगाउने सवारी साधनका मालिक तथा कर्मचारीमाथि खरो उत्रने छौँ, प्रहरी हवल्दार अच्युत सिक्देलले बताउनु भयो ।

सम्बन्धित खवर