स्थापित व्यानर र राम्रो टिमको पर्खाइमा एलिसा - Crazysaptahik.com

स्थापित व्यानर र राम्रो टिमको पर्खाइमा एलिसा

ईस्वर दुलाल
पथरी।
पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ । मोडलिङमा रम्ने तर, पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन् त्यसै बिचका एक प्रतिनिधि हुन् कोहलपूरकी एलिसा बराल । वर्षले २३ लागेकी उनलाई नेपाली कला क्षेत्रमा केही उल्लेखनीय कार्य गराँै भन्ने मनसायले यो क्षेत्रमा होमिएको उनि बताउँछिन् । विभिन्न स्टेज कार्यक्रममा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गर्दै आईरहेकी उनले स्थापित व्यानर र राम्रो टिमको पर्खाइमा छिन् ।

भविष्यमा चर्चितभन्दा पनि कुशल मोडल, नायिका तथा सान्सर बन्ने सोच लिएर उनि यो क्षेत्रमा आफूलाई निरन्तर अघि बढाइरहेकी छिन् । हाल उनि देशका विभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिने गरेकी छिन् ।

मोडलिङ क्षेत्रलाई व्यावसायिक रूपमा अगाडि बढाउने सोचका साथ सम्भावनासहित मोडलिङमा प्रवेश गरेकी बराल भन्छिन्, ‘हतारमा होइन विस्तारै काम गर्छु, स्थापित व्यानर र राम्रो टिमसँग मात्र काम गर्छु त्यो पनि आफ्नो अभिनय क्षमता देख्ने गरी काम गर्छु ।’

सानै उमेरदेखि मोडलिङ क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे एलिसाले भनिन् । आफनो कर्तव्यबाट कहिल्यै टाढा नभइ हिम्मत र शाहसका साथ अगाडि बढिरहेको उनको भनाई रहेको छ । घरपरिवारमा यस क्षेत्रमा खासै कोही नलागे पनि परिवारको राम्रै सपोर्ट छ । नृत्यको सुरवाती अवस्थामा पाएको मायाँ र हौसलाले आफु यहाँ सम्म आएको सथै मोड्लिङ क्षेत्रमा अघि वढ्न उत्साहित भएको बताउँदै उनले साथीहरुको सपोर्टले काम गर्न सजिलो भएको सुनाईन् ।

सम्बन्धित खवर