पथरीका प्रकाश बने मिस्टर नेपालको मस्ट एक्टिभ आइकन - Crazysaptahik.com

पथरीका प्रकाश बने मिस्टर नेपालको मस्ट एक्टिभ आइकन

ईस्वर दुलाल
मोरङ । रियल मी मिस्टर नेपाल २०२४ को फाइनलमा पथरी शनिश्चरेका प्रकाश चौहानले मस्ट एक्टिभ आईकन जित्न सफल भएका छन् । उनले मिलेट्री ट्रेनिङमा कडा मेहनत गरेर सम्पूर्ण राउण्डमा उत्कृष्ट प्रस्तुतिहरू दिदंै मस्ट एक्टिभ आईकन जित्न सफल भएका हुन् ।
क्रेजी साप्ताहिकसँग कुरा गदै उनेले भने–यस वर्ष यस्तै भयो, मिहेनत निकै गरेको थिए । आगामी वर्षहरुमा आफूलाई अहिले भन्दा धेरै निखारेर मिस्टर नेपाल संगै वल्डको उपाधि चुम्ने छु । उनले कुरा थप्दै, मलाई मायाँ गर्दै यो यात्रा सम्म साथ सहयोग गर्नुहुने सम्पूर्णमा धेरै–धेरै धन्यवाद भन्न चाहान्छु ।
मिस्टर नेपाल भने झापाका सन्तोष लक्समले जितेका छन् । ३८ जना प्रतिष्पर्धी रहेको प्रतियोगिताको ग्राण्ड फिनाले शनिबार काठमाडौंमा सम्पन्न भएको थियो ।
युवा सौन्दर्यको क्षेत्रमा क्रियाशील प्रतिभाशाली युवाहरूको प्रतियोगितामा अग्रज श्रेष्ठलाई प्रशान्त ताम्रकारले मेन्टरिङ गरेका थिए । ताम्रकारले पहिलो पटक मोडलिङ्गको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका थिए ।
मिस्टर नेपालको विजेता बनेका लोक्समले ५ लाख रुपैयाँबराबरको विभिन्न पुरस्कार हात पारे । उनले नोभेम्बरमा भियतनाममा आयोजना हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगितामा योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल घोषित भए । म्यान अफ द वर्ल्ड आयुष दुलाल घोषित भए । आदेश प्रधान फस्ट रनरअप र आयुष बमजन सेकेण्ड रनरअप बने ।
प्रतियोगितामा मष्ट पपुलरमा आयुष बमजन, पब्लिक च्वाइसमा आदेश प्रधान, बेस्ट पर्सनालिटीमा आयुष दुलाल, मिस्ट ट्यालेन्टेडमा पिन्टु सन्याल, फोटोजेनिकमा योगेश श्रेष्ठ, इन्टलेक्चुअलमा साकार बजिमय, फिजिकमा मनोज गुरुङ, म्यान विथ एलिगेन्समा सन्तोष लोक्सम, मस्ट एक्टिभमा प्रकाश चौहान, मिस्टर स्टाइल आइकन अग्रज श्रेष्ठ, मेन च्वाइसमा पियूष श्रेष्ठ, बेस्ट स्किनमा समीर तिमल्सिना, बेस्ट हेयरमा अनिकेश प्रजापति, फेसनिस्टामा सिजल कपाली, स्टाइल आइकनमा अग्रज श्रेष्ठ र बेस्ट स्पोर्टसम्यानसिप सहविधामा मनोज गुरुङ विजेता घोषित भएका थिए ।
फिनालेमा नीति शाह, नम्रता श्रेष्ठ, टीकाराम बुढाथोकी, रुपक घिमिरे, राजुभाई सुवाल, माल्भिका सुब्बा र सन्दीप पोखरेलले निर्णायकको भूमिका निर्भाहन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.