विराटचौकमा ‘तिम्रो मेरो कथा’को प्रिमियर शो - Crazysaptahik.com

विराटचौकमा ‘तिम्रो मेरो कथा’को प्रिमियर शो

क्रेजी संवाददाता
विराटनचौक । नेपाली कथानक चलचित्र ‘तिम्रो मेरो कथा’को विराटचोकमा पहिलो प्रिमियर शो भएको छ । शनिवार विराटचोकमा अवस्थित विराट सिनेमा हलमा भएको प्रिमियर शोमा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो ।
मोरङका विभिन्न स्थानमा छायांकन गरिएको सो चलचित्रलाई अनिश घिमिरेले निर्माण गरेका हुन् । चलचित्रमा अनिश घिमिरे, करण धिताल, शलु लिम्बु लगायतका कलाकारको जीवन्त अभिनय रहेको छ । प्रेम तथा वियोगको कथामा आधारित यस फिल्ममा केही उत्कृष्ट एक्सन दृश्यहरू समेत समावेश गरिएको छ । चलचित्रको एक्सनलाई दर्शकहरूले औधी मन पराएका छन् । साथै, कलाकारहरूको अभिनयलाई पनि दर्शकहरूले तारिफ गरेका छन् ।
चलचित्रलाई विराटनगर, पथरी शनिश्चरे, दमक लगायत पूर्वका विभिन्न स्थान र हलहरूमा च्यारिटी शो गरिने फिल्मका निर्माता तथा कलाकार शलु लिम्बुले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.