क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ र ९ अवस्थित शनिश्चरे बजारमा अर्म रेस्लिङ टुर्नामेन्ट (पन्जा लडाई) प्रतियोगिता हुनेभएको छ ।
शनिश्चरे बजारमा अवस्थित द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा ‘प्रथम पथरी शनिश्चरे पञ्जा लडाई प्रतियोगिता २०८२ हुनेभएको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी भदौ १४ गते १० बजेदेखि प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
जिम हल सञ्चालक लोक तामाङको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा सो प्रतियोगिताको संयोजक विशाल बर्देवाले प्रतियोगिताको बारेमा विस्तृत रुपमा जानकारी गराउनुभएको थियो ।
सो प्रतियोगितामा ०–५५ केजी, ५५—६५ केजी रं ६५–७५ केजी भएका तीन समूहमा प्रतिष्पर्धा गराइने आयोजकले जानकारी दिएको छ । तिनै तौल समूहका विजेता, उप–विजेता र तेस्रो हुने ९ जना खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने संयोजकले वर्दबाले जानकारी दिनुभयो । सो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेहरुले क्रमशः ५, ३ र २ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।