यौन दुर्व्यवहारको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा - Crazysaptahik.com

यौन दुर्व्यवहारको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा

क्रेजी साप्ताहिक
पथरी । यौन दुर्व्यवहारको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीलाई धरौटीमा छाडिएका छन् ।
शुक्रबार उनि ३५ हजार रुपैया धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् । प्रारम्भिक अनुसन्धान सम्पन्न गरी उनलाई धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । ‘मुद्दा अहिले विचाराधीन अवस्थामा छ’, उनले भने, ‘मुद्दा फैसला हुन करीब ५÷७ महीना लाग्न सक्छ, त्यतिञ्जेलसम्म महीनाको एक पटक तारेखमा आउनुपर्ने हुन्छ ।’

वडाध्यक्ष भण्डारीविरुद्ध सोही वडाकी एक २१ वर्षीया युवतीले गत सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दर्ता गराएकी थिइन् ।वडाध्यक्ष भण्डारीले फोनमार्फत पटक–पटक यौनजन्य दुर्व्यवहार गर्दै आएको उनको जाहेरीमा उल्लेख छ । वडाध्यक्ष भण्डारीले नै आफूलाई स्वास्थ्य क्षेत्रमा जागिर मिलाइदिएको तर, अहिले म तिमीलाई माया गर्छु, तिमी र म पोखरा घुम्न जाऊ, जस्ता कुरा गर्न थालेको उनको दाबी छ ।

किटानी जाहेरी परेपछि वडाध्यक्ष भण्डारी स्वयं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी विनोद सिलवालले जानकारी दिए ।

सम्बन्धित खवर