इटहरीमा विप्लवको नाम लिएर चन्दा आतंक मच्चाउने ब्यक्ति पक्राउ - Crazysaptahik.com

इटहरीमा विप्लवको नाम लिएर चन्दा आतंक मच्चाउने ब्यक्ति पक्राउ


क्रेजी साप्ताहिक
पथरी । लामो समय देखि इटहरीइमा चन्दाआतंक मच्चाउँदै आएका एक ब्यक्तिलाइ प्रहरीले पक्राउ गरेका छ । विप्लवको नाममा चन्दा उठाउने इटहरी ११ का मोहन कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । चन्दा मागेर हैरान गरेको भन्दै ब्यापारीहरुले गुनासो गरे पछि इलाका प्रहरी कार्यलय इटहरीले कार्कीलाई आइतबार पक्राउ गरेको हो ।

इटहरी २० को वडा कार्यलय लगायतका विभिन्न ठाउँमा चन्दाको पर्चा छर्दै आएका कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । उनलाइ इटहरी ९ स्थीत गैसारमा चिया खादै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

नेत्र विक्रम चन्द विप्लव समुहमा लागेर चन्दाआतंक गदै आएका मोहनले विप्लव बन्दको बेला विभिन्न ठाउँमा बम राखेको आरोप समेत लागेको छ । नेपालीहरुको महान पर्व तीज नजिकिदै गर्दा अहिले बजारमा चन्दा आतंक मच्चाउँनेहरुको खोजी गर्न थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर