कलामा रेजिनाको रफ्तार - Crazysaptahik.com

कलामा रेजिनाको रफ्तार

निडर स्वभावकी छिन् र झट्ट हेर्दा सिम्पल देखिन्छन् रेजिना राई । पथरीशनिश्चरे–४ की राई मिस पथरीशनिश्चरे २०१९ को सेकेन्ड रनरअप हुन् । आफ्नै स्वेच्छा र चाहनाले मिस पथरीशनिश्चरेमा भाग लिएर धेरै कन्फिडेन्ट बटुलेको उनलाई आभाष भएको छ ।

उनी पथरीशनिश्चरे–२ मा अवस्थित रेडस्टार मावि कक्षा–१२ को विजनेसकी विद्यार्थी हुन् । बाल्यकालदेखि नै नृत्यमा औधी रुचि थियो त्यसैले त उनी प्रायः कार्यक्रमहरुमा नृत्य गर्ने गर्छिन् । कलाकारितालाई एकै रफ्तारमा हाक्न चाहने ५ फुट ३ इन्च अग्ली उनी नेपाली कथानक चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’बाट डेब्यु गरेका नायक धिरज मगरको डाइहर्ट फ्यान हुन् । यस्तै नायिका प्रियंका कार्कीको अभिनय पनि उनलाई असाध्यै मनपर्ने बताउँछिन् ।

अब रेजिना अन्य ब्युटी पेजेन्टमा पनि भाग लिने मुडमा छिन् । पहिलेको तुलनामा नेपाली चलचित्रको स्तर वृद्धि भएको बताउने उनी चलचित्र ‘नाइ नभन्नु ल ५’ पछिल्लो पटक हेरेको मध्ये राम्रो चलचित्र भन्न रुचाउँछिन् । तपाईको भावी योजना ? भन्ने प्रश्नमा मुस्कुराउँदै उनले भनिन्–‘अध्ययनसँगै कलाकारितामा नै लागिरहनेछु, र मेरो भविष्यको मुख्य एम भनेको चाहिं एयरहोस्टेज नै हो ।’

  • सन्तोष राई

सम्बन्धित खवर