ह्याकपछि चलेनन् बैंकहरुका अधिकांश एटीएम, राष्ट्रबैङ्कले डाक्यो आकस्मिक बैठक - Crazysaptahik.com

ह्याकपछि चलेनन् बैंकहरुका अधिकांश एटीएम, राष्ट्रबैङ्कले डाक्यो आकस्मिक बैठक

काठमाडौं । नक्कली भिसा कार्डबाट रकम निकालेको भेटिएपछि राष्ट्र बैङ्कले बैङ्कर्सहरुलाई आकस्मिक बैठकमा बोलाएको छ ।

राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीका अनुसार बैठक अबको दुई घण्टापछि बस्दै छ । राष्ट्र बैङ्कका अनुसार नक्कली एटीएम कार्डबाट पैसा निकालेको थाहा पाएपछि सो बारे बुझ्न बैठक डाकेको हो ।

यता, बैङ्कको एटीएमबाट अनाधिकृतरुपमा रकम झिकिएको खबर बाहिररिएपछि अधिकांश बैङ्कहरुको एटीएममा समस्या देखिएको छ ।

परिसरले शनिवार साँझ दरबारमार्ग स्थित एक होटलबाट ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेका थियो । पक्राउ परेका उनीहरुको साथबाट एक करोड २६ लाख नेपाली रुपैयाँ नगद र १० हजार युएस डलर समेत बरामद भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख उत्तमराज सुवेदीले राष्ट्र बैङ्कले दिएको जानकारीका अनुसार दुई वटा बैङ्कबाहेक अन्य सबै बैङ्कका एटीएममा समस्या आएको बताए ।
–रातोपाटी

सम्बन्धित खवर