गोली प्रहार गरी पत्रकारको हत्या - Crazysaptahik.com

गोली प्रहार गरी पत्रकारको हत्या


एजेन्सी । शनिबार गोली हानी मध्यअमेरिकी मुलुक होन्डुरस एक पत्रकारको हत्या गरिएको प्रहरीले जनाएको छ । सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको मानव अधिकार समूहहरुले बताएका छन् ।

होन्डुरसको मानव अधिकार आयोगले एचसीएच टिभीमा कार्यरत एडगार जोल अगुलारलाई कोपान शहरमा अज्ञात समूहले गोली हानी हत्या गरिएको जनाएको छ ।स्थानीय संचार माध्यमका अनुसार अगुलारलाई अज्ञात व्यक्तिहरुले हत्या गर्ने पटकपटक धम्की दिएका थिए ।

आयोगको विज्ञप्तिमा होन्डुरसमा पत्रकारमाथिको अपराधका ९१ प्रतिशतभन्दा बढी घटनामा कारबाही नहुने गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।होन्डुरस र मेक्सिको दुबै मुलुक पत्रकारहरुका लागि सर्वा्धिक खतरनाक र असुरक्षित मानिन्छन् ।

सम्बन्धित खवर