तीन नाल भरुवा बन्दुक बरामद - Crazysaptahik.com

तीन नाल भरुवा बन्दुक बरामद

क्रेजी साप्ताहिक
सुन्दरहरैचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा अवस्थित नमुना सामुदायिक वन भित्र सोमबार तीन नाल भरुवा बन्दुक फेला परेका छन् । तीनवटै बन्दुक लोड गरेको अवस्थामा छन् ।

प्रहरीको गस्ती टोलीले बेबारिसे अवस्थामा बिहान ८ बजे रुखको टोड्का भित्र लुकाएर राखेको अवस्थामा बन्दुक फेला पारेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउँजुका अनुसार तीनवटै बन्दुक भेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दुक कसले राखेको हो भन्ने बारेमा खुलेको छैन ।

खिँउजुले अवैध रुपमा वन्यजन्तुको चोरी सिकारी गर्ने समूह प्रहरी आएको थाहा पाएपछि रुखको टोड्कामा बन्दुक लुकाएर भागेको हुन सक्ने बताए । बरामद बन्दुकका बारेमा अनुसन्धान सुरु गरिएको उनले जानकारी गराए ।

सम्बन्धित खवर