युवतीमाथी सामुहिक बलात्कार - Crazysaptahik.com

युवतीमाथी सामुहिक बलात्कार


क्रेजी साप्ताहिक
पथरी । काठमाडौंको कलंकीमा १७ वर्षीय एक युवती सामुहिक बलात्कारको शिकार भएकी छन । प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरिएको हो ।

सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी १ का २३ वर्षीय रविन श्रेष्ठ रहेका छन् । श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेका थिए । मगर भने पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कलंकीको पशुपति गेष्ट हाउसमा फकाएर लगेर उनीहरुले बलात्कार गरेको उजुरी परेको प्रहरीले जानकारी दिएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर