बिषालु सर्पले डसेर २ जनाको मृत्यु - Crazysaptahik.com

बिषालु सर्पले डसेर २ जनाको मृत्यु


क्रेजी साप्ताहिक
पथरी । सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरकी ३० बर्षीया सरिता देवी यादवको बिषालु सर्पले डसेर मृत्यु भएको छ । मंगलवार दिउँसो करिव २ बजेको समयमा घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा खुट्टामा सर्पले डसी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारकै क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको हो ।

यसैगरी सुनसरीकै हरिनगर गाउँपालिका १ की ५५ बर्षीया सहिदान खातुनको पनि सर्पको टोकाईकै कारण मृत्यु भएको छ । मंगलवार राती सवा ९ बजे घर छेउमै बिषालु सर्पले डस्दा घाईते भएकी खातुनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पर्‍यानासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित खवर