साथीलाई वडा कार्यालयमै छुरा प्रहार गर्ने पक्राउ - Crazysaptahik.com

साथीलाई वडा कार्यालयमै छुरा प्रहार गर्ने पक्राउ


क्रेजी साप्ताहिक
पथरी । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा पुराने रिसीविका कारण आज बिहान ११ बजे साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए । घाइते राईको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राईको छातीमा पुराने रिसीविका कारण छुरा प्रहार गर्ने तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर