अनुगमन समितिद्धारा स्टिमेटको अनुगमन - Crazysaptahik.com

अनुगमन समितिद्धारा स्टिमेटको अनुगमन


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको विकास निर्माण अनुगमन् समितिले अव सुरु हुने योजनाहरुको स्टिमेटको अनुगमन् थालेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना बिष्ट वास्तोलाको अगुवाईमा इन्जिनियर कृष्णप्रसाद कोइराला सहितका समिति सदस्यहरुले हिजो त्यसप्रकारका योजनाको स्थलगत अनुगमन् गरेका छन् ।

‘स्टिमेट भेरिफिकेशन’का रुपमा वडा नम्वर २ र ३ को सिमानाको कसेनीस्थित लाटीहोलीको बाँसको पुलको ठाउँमा पक्की पुल निर्माणको अनुगमन् भएको छ । त्यहाँ १० मिटर लम्वाई र ५ मिटर चौडाईको पुल बनाउने स्टिमेट छ । त्यसैगरी, वडा नम्वर ३ र ७ जोड्ने गोही होलीमा भत्किदै गरेको पुलको ठाउँमा ९ मिटर लम्वाई, ७ मिटर चौडाई र ४ दशमलव ४० मिटर उचाईको नयाँ पुल निर्माण गर्ने स्टिमेटको पनि अनुगमन् भयो ।

अनुगमन् समिति संयोजक वास्तोलाले स्टिमेट अनुसारको स्थलको अनुगमन् गर्दै केही थपघट गर्नुपर्ने अवस्था देखिए स्थानीयसँगको सहकार्यमा अघि बढ्दै योजना अझ व्यवस्थित गर्न पहिले नै अनुगमन् समेत गरिएको जानकारी दिइन् ।टोलीले, सो क्रममा वडा नम्वर ३ को वडा कार्यालय दक्षिणमा कालोपत्रे हुने सडक र वडा नम्वर ९ को पुल्चोक दक्षिण कालोपत्रे हुने सडकको निर्माणाधीन अवस्थाको पनि अनुगमन् गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.