क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० मा स्थित जिरिखिम्ती टोलमा गएराती जंगली हात्तीले आधा दर्जन बढी घरमा क्षति पु¥याएको छ । सो क्षतिग्रस्त ठाउँमा नगर प्रमुख दिलिप कुमार राई सहितको टोलीले विहिबार अनुगमन गरेका छन् । नगर प्रमुख क्षति भएको घर घरमा पुग्दा स्थानीयहरुले हात्ती आएको र क्षति पु¥याएको बारे विस्तृत जानकारी गराए । जंगली हात्तीले धान, मकै र जाड नष्ट गर्नुका साथै घरका भित्ताहरु भत्काए थिए ।
स्थानीय योगमाया घिमिरेको घरको भित्ता हात्तीले भत्काएको छ । यस्तै खडानन्द खतिवडाको घर दिवाल भत्काएर धेरै क्षति गरेको हो । त्यस्तै पुष्प दर्जी, इन्द्र बहादुर कार्की, चन्द्रमाया दियाली र नरबहादुर कटुवाल लगायतको घरमा क्षति पु¥याएको हो । गत राति ५ वटा समूहमा आएको हात्तीले ति घरहरुमा क्षति पु¥याएको हो ।
मेयर सहित पथरीशनिश्चरे नं. १ का अध्यक्ष बाबुराम ऐङ्देन, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेत र इलाका प्रहरी कार्यालय पथरीको टोली क्षति भएको सबै घरमा पुगेका थिए । यस्तै हात्तीले क्षति पु¥याएको स्थानको निरीक्षण गरिसकेपछि नगर प्रमुख दिलिप कुमार राईले क्षति भएका परिवारलाई राहतको व्यवस्था गरिने बताए ।
भिडियो हेर्नुहोस ः