क्रेजी साप्ताहिक
पथरी । सुनसरीको ईटहरी र धरानमा रहेका कलेज र बिद्यालयमा बिहीबार मध्यरातमा बिद्यालय सञ्चालकहरमा त्रास फैलिएको छ । सुनसरीको इटहरीसिथत सुष्मा गोदावरी कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा बम प्रहार भएको हो । इटहरी सुस्मा गोदावरी कलेजको गेटमा बम प्रहार भएको र धरानको दिल्ली पब्लिक स्कुलमा समेत मध्यरातमा बम प्रहार भएको प्रहरीले जनाएको छ । चाडवाड नजिकिए सँगै सर्वसाधरण तथा अन्य स्कुलहरुलाई चन्दाको दायरामा ल्याउँन बम राखेर आतंक मच्चाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
बम यसकारण पड्काइयो
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्मा भने बम पड्काएर चन्दा आतंक मच्चाउँने योजनाको साथ शहरको चलेको स्कुलमा विप्लवले बम हानेको बताउँछन । विप्लवको चन्दा उठाउँने एकजना नाईके केहि दिन अघिमात्र इटहरीबाट पक्राउ गरे पछि सो समुहले डर देखाउँन स्कुलहरुमा बम प्रहार गरेको हुन सक्ने उनको भनाई छ ।
विप्लव मोरङका अध्यक्ष पक्राउ
मोरङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मोरङ जिल्ला कमिटी सदस्य तथा विप्लव समर्थित युवा संघ मोरङका अध्यक्ष पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुन्दरहरैचा–२ का ३२ वर्षीय रामु मग्राती ‘विपिन’ रहेका छन् । प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनको घरबाट विप्लव समूहका बिभिन्न दस्तावेजहरू समेत बरामद गरेको छ । उनीमाथि गत २०७५ फागुन ३० बेलबारी नगरपालिका–१० पूर्व पश्चिम राजमार्गमा प्रेसर कुकर बम राखेको घटना सम्बन्धमा अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।