एसिड प्रहार गर्ने पक्राउ - Crazysaptahik.com

एसिड प्रहार गर्ने पक्राउ


क्रेजी साप्ताहिक
पथरी । वीरगञ्जको रेशमकोठीस्थित हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत स्कुले छात्रामाथि एसिड प्रहार भएको छ । छपकैया ३ निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । गणेशमान चोक जाने गल्लीमा आज विहान करिव ६बजेतिर दुई जना युवाले उनीमाथि एसिड प्रहार गरेका थिए । गल्लीमा रहेको एउटा सैलुनमा बसेका उनीहरुले खातुनलाई एसिड छ्यापेर भागेको प्रत्यदर्शीले बताएका छन् ।

खातुन त्यो बाटो भएर विद्यालय जाने आउने गर्थिन् । विद्यालय पोशाकमैै रहेको अवस्थामा उनीमाथि एसिड प्रहार भएको हो । एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए । उनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ । नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि उनलाई काठमाडौं रिफर गरिएको छ ।

एकजना पक्राउ, एक जना फरार

वीरगञ्ज १३ श्रीपुर घर भएपनि खातुन अध्ययनका लागि वडा नं. ३ छपकैया स्थित मामा घरमा बस्दै आएकी थिइन् ।  घटनाबारे जानकारी पाएलगतै एसिड प्रहार गर्ने युवकको खोजी शुरु गरेको प्रहरीले घटनामा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले दिएको जानकारी अनुसार एसिड प्रहारमा संलग्न मुख्य अभियुक्त वीरगञ्ज छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गरिएको । आफूलाई प्रेम नगरेको भन्दै सम्सादले मुस्कानमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी शर्माले जानकारी दिए ।

उनका सहयोगी सोही ठाउँका १६ वर्षीय माजिद आलम भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले घाइते छात्राको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेका छन् ।

सम्बन्धित खवर