खटबाट खसेर एकको मृत्यु - Crazysaptahik.com

खटबाट खसेर एकको मृत्यु


क्रेजी साप्ताहिक
पथरी । घरको प्लाष्टर गर्ने क्रममा बाँसको खाटबाट खसेर एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–७ ग्वाछे टोलमा गणेश सुवालको चारतल्ले पक्की घरको तेस्रो तल्ला बाहिर प्लाष्टर गर्ने क्रममा खाटबाट खस्दा शुक्रबार उनको मृत्यु भएको हो ।

बाँसको खाट भाँचिदा खसेर दुईजना घाइते भएको र घाइतेमध्ये भारत घर भई हाल काभ्रे जिल्ला बनेपा बस्ने ५० वर्षीय राजु अन्सारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । अर्का घाइते भारत घर भई काभ्रे बनेपामा नै बस्ने १८ वर्षीय सहजात अन्सारीको ट्रमा सेन्टर काठमाडौँ सिफारीश भएको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर