वडा अध्यक्षद्वारा आत्महत्या प्रयास - Crazysaptahik.com

वडा अध्यक्षद्वारा आत्महत्या प्रयास


क्रेजी साप्ताहिक
पथरी । बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्याको प्रयास गरेका छन् । बिहान ९ बजे वडा नं २ स्थित आफ्नै घरमा नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् ।

उनी झुण्डिएको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल पु‍¥याएका थिए । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए । ‘उहाँको अवस्था के हुन्छ यसै भन्न सकिन्नँ,’ क्षेत्रीले भने ।

स्रोतका अनुसार घरायसी विवादका कारण उनले आत्महत्या प्रयास गरेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले घटनाबारे प्रारम्भिक जानकारीमात्र भएको बताए ।

सम्बन्धित खवर