अन्तर विद्यालय अंग्रेजी हिज्जेमा अरुणोदय, एकल गायनमा एभरेष्ट तथा लोक नृत्य प्रतियोगितामा रेडस्टार र वाल्मीकिलाई उपाधि - Crazysaptahik.com

अन्तर विद्यालय अंग्रेजी हिज्जेमा अरुणोदय, एकल गायनमा एभरेष्ट तथा लोक नृत्य प्रतियोगितामा रेडस्टार र वाल्मीकिलाई उपाधि

एकल गायनमा प्रथम एभरेष्ट माविका राज लोहार, प्रमुख अतिथि यमुना बिष्ट बास्तोला, प्रशिक्षक अर्जुन सेन्चुरी

अरुणोयकी प्रिन्सिपल शान्ति राई l

क्रेजी साप्ताहिक
पथरी । प्याव्सन नगर समिति पथरीशनिश्चरेले वडा नं. १० स्थित अरुणोदय माविको प्राङ्गणमा अन्तर विद्यालय अंग्रेजी हिज्जे एकल गायन तथा लोक नृत्य प्रतियोगिता २०७६ सम्पन्न गरेको छ ।

सो कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका भित्रका प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए । शनिबार भएको सो कार्यक्रममा एकल गायनतर्फ एभरेष्ट माविका राज लोहार प्रथम भए । यस्तै दोस्रो रेडस्टार माविका अञ्जली लिम्बु, तेस्रो सुपत् मोडलका सुजता अछामी र सान्तवना केबी मेमोरियलकी राधिका कार्की भइन् ।

सिनियर लोक नृत्यतर्फ प्रथम रेडस्टार माविको समूह l

यस्तै सिनियर लोक नृत्यतर्फ प्रथम रेडस्टार मावि, दोस्रो प्याराडाइज, तेस्रो एभरेष्ट, सान्तवना भूपू सैनिकले बाजी मार्यो । जुनियर लोक नृत्यतर्फ भने वाल्मीकि मावि प्रथम, रेडस्टार मावि दोस्रो, अन्नपूर्ण मावि तेस्रो र सान्तवना अरुणोदय माविले स्थान सुरक्षित गरे ।

यसैगरी सोही कार्यक्रम अन्र्तगत शुक्रबार एभरेष्ट माविको सभाहलमा भएको अंग्रेजी हिज्जे प्रतियोगितामा अरुणोदय माविले प्रथम स्थान हासिल ग¥यो । क्रमशः दोस्रो अन्नपूर्ण, तेस्रो वाल्मीकि र सान्तवना पुरस्कार एभरेष्ट माविले हात पार्याे ।

जुनियर लोक नृत्यतर्फ प्रथम वाल्मीकि माविको समूह l

कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने विद्यार्थीहरुलाई प्रमुख अतिथि पथरीशनिश्चरे नगरका उपमेयर यमुना बिष्ट बास्तोला, विशिष्ट अतिथि व्याव्सनका केन्द्रीय सदस्य लेखनाथ भट्टराई, प्याव्सन मोरङका उपाध्यक्ष सितला सुब्बा लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमका सभापति प्याव्सन नगर कार्यसमिति पथरीशनिश्चरेका उपेन्द्र कडेल रहेका थिए ।

विजेता प्रतियोगीहरुले प्याव्सन मोरङद्वारा आगामी भदौ २७ र २८ गते विराटनगरमा हुने प्रतियोगितामा भाग लिन पाउनेछन् । जसअन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगितामा ६ वटा समूहले सहभागिता जनाउंनेछन् । यस्तैगरी गायनतर्फ प्रथम, द्वितीय, तृतीय, सिनियर नृत्यतर्फ प्रथम, द्वितीय र जुनियर नृत्यतर्फ प्रथम, द्वितीय र तृतीयले सहभागिता जनाउँनेछन् ।

सम्बन्धित खवर