गिटी उत्खननमा संलग्न २ ट्रयाक्टर नियन्त्रणमा - Crazysaptahik.com

गिटी उत्खननमा संलग्न २ ट्रयाक्टर नियन्त्रणमा

क्रेजी साप्ताहिक
विराटनगर । अवैध रुपमा ढुंगा गिटी उत्खनन् गर्दै गरेको अबस्थामा प्रहरीले मोरङको लेटाङबाट दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

मोरङको लेटाङ नगरपालिका वडा नं. ३ कृतिमान चिसाङ्ग खोलामा अबैध रुपले गिटी उत्खनन् गर्दै गरेको अबस्थामा ना. ६ त. ५२२२ र को २ त ८८४३ नम्बर को ट्रयाक्टर ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएको ट्रयाक्टर आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति मोरङको कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर