क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगरको दुर्गम क्षेत्र अन्तर्गत पर्ने वडा नम्वर ४ मा खोपकेन्द्र तथा गाउँघर क्लिनिक खडा भई काम प्रारम्भ भएको छ ।
वडा कार्यालयको आयोजनामा आज भएको कार्यक्रममाझ ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङले आज खोपकेन्द्र र क्लिनिकको उद्घाटन गर्नुभयो । सो संस्थाका लागि १० धुर जग्गा निःशुल्क प्रदान गर्ने ४ नम्वर वडाकी भीमा मगर र ७ नम्वरकी सुमित्रा राईलाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मानित गरिएको छ । सो अवसरमा त्यहाँ बच्चाका लागि खोप समेत लगाइएको छ ।
जग्गादाता मगर र राईले ०५६ सालमा त्यहाँ बालबिकास केन्द्रका लागि निःशुल्क जग्गा प्रदान गरेका थिए । बालबिकास केन्द्रले सो जग्गा खोपकेन्द्र र गाउँघर क्लिनिकका लागि प्रदान गरेको छ । त्यहाँबाट वडा नम्वर ४, ७ र ६ नम्वर वडाका बासिन्दालाई प्रत्यक्ष सेवा पुग्ने ४ नम्वर वडाध्यक्ष गोविन्दवहादुर भण्डारीले जनाउनु भयो ।
कार्यक्रममा, पूर्व जनप्रतिनिधि जहरमान लिम्बू, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, वडा सदस्य अमर बराईली तथा समाजसेवीहरु भोला रिजाल, चन्द्रकला चेम्जोङ, सन्तोष वस्नेत, सुमित्रा राई, रामप्रसाद न्यौपाने, राजकुमार विश्वकर्मा र स्वास्थ्य कर्मचारी राधा नेपालले मन्तव्य व्यक्त गर्नुभयो ।