अध्ययनसँगै दुना टपरी बुन्दै जेनिथका विद्यार्थीहरु - Crazysaptahik.com

अध्ययनसँगै दुना टपरी बुन्दै जेनिथका विद्यार्थीहरु


क्रेजी साप्ताहिक
कानेपोखरी । कानेपोखरी –६, रमाइलोमा स्थापीत जेनिथ इङ्लिस स्कुलले हरेका शुक्रबार विषयमा आधारीत हरेक क्रियाकलापहरु विद्यार्थीलाई सिप पनि सिकाउँर्दै आएको छ । यो सँगै पढाई सँगै दुना र टपरी बुन्ने तालिम पनि दिएको छ ।

यसै क्रममा विद्यार्थीहरुलाई दुना टपरी कसरी बुन्ने भन्ने बारेमा विद्यार्थीहरुलाई तालिम दिएको थियो । कक्षा ५ देखि १० सम्मका छात्र र छात्राहरुलाई विद्यालयका शिक्षक र शिक्षिकाहरुले दुना र टपरी कसरी बुन्ने भन्ने बारेमा प्रशिक्षण सहित तालिम दिएका प्रिन्सिपल होम कुमार मोतेले बताए ।

टपरी बुन्ने पात खरिद गरेर ल्याएको र खिल्ने सिन्का घरमै बनाएर सामाग्री तयार पारेर कार्यक्रमको आयोजना गरेको निश्चल ओझाले बताए ।

विद्यार्थीहरुले २ सय भन्दा बढी टपरी र दुना बनाएका थिए । विद्यार्थीहरुबाट निर्मित दुना टपरी विद्यालयमा हुने कार्यक्रममा प्रयोग गरिने भएको विद्यालयले जनाएको छ ।

सम्बन्धित खवर