अधुरो योजना छिटो सम्पन्न गर्न सुझाव - Crazysaptahik.com

अधुरो योजना छिटो सम्पन्न गर्न सुझाव


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगर भित्रका क्रमागत योजनाहरु चाँडो सम्पन्न गर्न नगरपालिका कार्यालयले सम्वन्धित निर्माण व्यवसायीहरुलाई सुझाव दिएको छ ।

नगरपालिका उपप्रमुख एवम् अनुमगन् समिति संयोजक यमुना विष्ट वास्तोलाले निर्माण व्यवसायी पक्षसँग आइतबार आफ्नो कार्यकक्षमा छलफल गर्दै त्यस्तो सुझाव दिनुभएको हो ।

छलफलमा अधुरा रहेका क्रमागत योजनाहरु कार्तिक १५ सम्ममा सम्पन्न गरिसक्नु पर्ने सुझावलाई ठेकेदार पक्ष एवम् निर्माण व्यवसायीहरुले स्वीकार गरेका छन् ।

सम्बन्धित खवर