स्पेन अपराजित, रामोसको किर्तिमान - Crazysaptahik.com

स्पेन अपराजित, रामोसको किर्तिमान

कप्तान सर्जियो रामोसको किर्तिमानी खेलसँगै स्पेनले युरो कप छनोटमा अपराजित यात्रा जारी राखेको छ । समूह ‘एफ’ अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले फरोय आइल्यान्डलाई ४–० गोलले स्तब्ध बनायो ।

यस खेलसँगै रामोस स्पेनिस फुटबलमा सर्वा्धिक खेल खेल्ने खेलाडी बनेका छन् । रामोसले फरोय आइल्यान्डविरुद्ध स्पेनका लागि एक सय ६७ खेल खेले । उनले गोलरक्षक इकर कासिलासको कीर्तिमान बराबरी गरेका छन् ।

घरेलु मैदानमा स्पेनको जितमा रोड्रिगो र पाको अल्कासेरले दुई दुई गोल गरे । १३औं मिनेटमा रोड्रिगोले खाता खोलेका थिए । रोड्रिगोले ५०औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्जुरी समयमा अल्कासेरले लगातार दुई गोल गर्दै स्पेनलाई फराकिलो जित दिलाए ।

समूह ‘एफ’ कै अर्को खेलमा स्वीडेन र नर्वेले १–१ गोलको बराबरी खेल्दै अंक काँडेका छन् नर्वेले स्टेफन जोहान्सनको ४५औं मिनेटमा अग्रता लिएको थियो । स्वीडेनका एमिल फोर्सबर्गले ६०औं मिनेटमा बराबरी गोल फर्काएका थिए । अर्को खेलमा रोमानियाले माल्टालाई १)० गोलले हरायो । रोमानियाको जितमा जर्ज पुस्कासले ४७औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै शीर्ष स्थानमा रहेको स्पेनले ६ खेलबाट १८ अंक बनाएको छ । ११ अंक बनाएको स्वीडेन दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको रोमानियाको १० अंक छ । नौ अंक बनाएको नर्वे चौथो स्थानमा छ । माल्टाको तीन अंक सहित पाँचौं स्थानमा छ । फारोय आइल्यान्डले खाता खोल्न सकेको छैन ।

यसैगरी समूह ‘डी’ को खेलमा डेनमार्क र जर्जियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । अर्को खेलमा स्टीट्जरल्यान्डले गीवरल्टारलाई ४–० गोलले हराएको छ । यस समूहमा पाँच खेलबाट ११ अंक बनाएको आयरल्यान्ड शीर्ष स्थानमा छ । समान खेलबाट नौ अंक बनाएको डेनमार्क दोस्रो स्थानमा छ । स्वीट्जरल्यान्डको आठ र जर्जियाको चार अंक छ । गीवरल्टार अंकविहिन अवस्थामा छ ।
–एजेन्सी

सम्बन्धित खवर