क्रेजी साप्ताहिक पथरी । नेपाली काङ्ग्रेसका नेता सुनिल शर्माले पथरीशनिश्चरे १० का दुईजना विद्यार्थिलाई नोवेल हस्पिटलमा निशुःल्क शिक्षा दिने भएका छन् । जिरिखिम्ती निवासी गोपाल शंकर कि छोरी टीका शंकर, लेखबहादुर वि.ककी छोरी ज्योति विकले नोवेल मेडिकल कलेजमा निशुल्क शिक्षा पाउने भएका हुन ।
विपन्न परिवारका उनिहरुलाई स्थानिय समाजसेवि अर्जुनप्रसाद पोख्रेलको पहलमा शर्माले निशुल्क शिक्षा दिने भएका हुन । नेपाली काङग्रेशका महासमिति सदस्य समेत रहेका शर्मा गत प्रतिनिधिसभाको चुनावमा मोरङ क्षेत्र नं ३ बाट उम्मेद्वार रहेको थिए । झिनो मतले पराजित भएका उनले निम्न वर्गका विरामी तथा आर्थिक अभावका कारण उपचार गर्न नपाएकाहरुलाई निशुल्क उपचार गर्दै आएका छन्