टिका राना मगर बचाउ अभियानमा सहयोग जुट्दै - Crazysaptahik.com

टिका राना मगर बचाउ अभियानमा सहयोग जुट्दै

क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे–३ निवासी ३७ वर्षीया मृगौला पीडित टिका राना मगर बचाउ अभियान द्रुत गतिमा अघि बढिरहेको छ ।

१ वर्ष अघिदेखि दुबै मृगौला पीडित राना मगरको उपचारमा सहयोगी मनहरु एकपछि अर्काे गर्दै बढिरहेको छ । मगरको भदौ १५ गते मृगौला प्रत्योरोपण हुने भनिएको थियो तर, एच.बी. को लभेल कम भएको हुनाले आगामी भदौ ३१ गते प्रत्यारोपण हुने सुमेरु हस्पिटलले जनाएको छ ।

बिरामीको एच.बी.को लेभल १०÷१२ हुनुपर्नेमा ७.२ मात्र भएकोले अहिले औषधि चलाई लेभल बढिरहेको टिका राना बचाउन अभियानका भुवन मगर जानकारी दिए ।

मगरको उपचारको लागि ६ लाख लाग्ने हस्पिटलले जनाएको थियो । सोही बमोजिम अभियानलाई निरन्तर अघि बढाइरहेको बताइएको छ । हालसम्म विभिन्न संघ संस्था तथा सहयोगीहरुबाट ३ लाख बढी संकलन भइसकेको जनाइएको छ ।

सम्बन्धित खवर