भद्रगोलका ‘जिग्री’ र ‘पाँडे’को नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’ - Crazysaptahik.com

भद्रगोलका ‘जिग्री’ र ‘पाँडे’को नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’


क्रेजी साप्ताहिक
पथरी । हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट छुिट्टएका हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले ल्याउन लागेको नयाँ टेलिश्रृङ्खलाको नाम ‘सक्किगोनि’ राखिएको छ । कलाकार अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले सामाजिक संजाल फेसबुक मार्फत एकसाथ टेलिश्रृङ्खलाको नाम सार्वजनिक गरेका हुन् ।

डियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले ल्याउन लागेको श्रृङ्खला ‘सक्किगोनि’ आँउदो असोज २ गते बिहीबारबाट प्रसारणमा आउने भएको छ । जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहनेछ ।

भद्रगोलमा प्रस्तुत गर्दै आएको थिम र पात्रहरुको कथामै श्रृङ्खला निर्माण हुने अर्जुन घिमिरेले बताए । श्रृङ्खलाको अवको यात्रामा शंकर आचार्य ‘वरिष्ठे र सिपी पुडासैनी ‘धतुरे’ पनि देखिने भएका छन् ।

सम्बन्धित खवर