एनआइसी एसिया बैंकको थप तीन शाखा - Crazysaptahik.com

एनआइसी एसिया बैंकको थप तीन शाखा

क्रेजी साप्ताहिक
पथरी । एनआइसी एसिया बैंकले बुधबार विराटनगरमा एक साथ तीन बैंकको औपचारिक शुभारम्भ गरेको छ ।

बैंकको विराटनगरमा अवस्थित मेनरोड र रोडशेष शाखाको मेयर भीम पराजुलीले रिबन काटेर शुभारम्भ गरेका छन् ।

यस्तैगरी, हाटखोला शाखा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्घाटन गरेका छन् । एनआइसी एसिया बैंक मुलुकभर दुई सय ९८ शाखा सञ्जाल भएको सबैभन्दा ठूलो बैंक भएको छ ।

यसका थप ५८ वटा विस्तारित शाखा छन् । त्यस्तै तीन सय ५४ स्थानमा एटिएम मेसिन भएको बैंकले जनाएको छ ।

सम्बन्धित खवर