बालिकालाई बसभित्रै जवरजस्ती गर्ने चालक र सहचालक पक्राउ - Crazysaptahik.com

बालिकालाई बसभित्रै जवरजस्ती गर्ने चालक र सहचालक पक्राउ


क्रेजी साप्ताहिक
पथरी । एक बालिकालाई बसभित्रै जवरजस्ती गर्ने दुईजनालाई प्रहरीले मोरङको रंगेलीबाट पक्राउ गरेको छ । प्रहरीले रंगेली नगरपालिका वडा नम्वर ३ घर भई ना ६ ख ९३४४ नम्बरको वसका चालक वर्ष ३७ को किरण खड्का र सोही वसका सहचालक उर्लावारी नगरपालिका वडा नम्वर ४ घर भएका वर्ष १९ को सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

धनकुटा घर भई हाल आफन्तको घरमा बस्दै आएकी बर्ष १५ की बालिकालाई गत भदौ २२ गते बस भित्रै जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । वेतना सिमसार घुमफिर गरी दमक तर्फ जान हिँडेकी बालिका दमक पुगे पछी वसबाट झर्न खोज्दा झर्न नदिई ललाई फकाई सोही वसमा पथरीशनिश्चरे हुँदै रंगेली नगरपालिका ९ स्थित दोहमना हाटचौक लगेर बसभित्र जवरजस्ती गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

२२ गते साँझ साँढे ६ बजेको समयमा सोही वस भित्र वस चालक किरण खड्काले बालिकालाई हात समाई वसको भित्र सवै भन्दा पछाडी रहेको सिटमा जवरजस्ती करणी गर्न खोज्दा बालिका बसबाट चिच्याउँदै बाहिर निस्किएकी थिईनबसकै ढोकामा रहेको सोही वसका सह–चालक सन्तोष न्यौपानेले जवरजस्ती हात समाई फेरी बस भित्र तानेर लग्न खोज्दा पिडिताले प्रतिकार गर्दै चिच्याई हल्ला खल्ला गरेपछि स्थानीयले घटना वारेमा प्रहरीलाई खवर गरेका थिए । ईलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले चालक र सह चालकलार्य पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी श्रेष्ठले बताए ।

पक्राउ परेका चालक र सहचालकको बारेमा अनुसन्धान भईरहेको र उनीहरुलाई ईलाका प्रहरी कार्यालय रंगेलीद्वारा मुलुकी अपराध संहिता २०७६ वमोजिम म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर