इटहरी उपमहानगर विरुद्ध मुद्दा, अदालतले दियो स्टे अर्डर - Crazysaptahik.com

इटहरी उपमहानगर विरुद्ध मुद्दा, अदालतले दियो स्टे अर्डर

क्रेजी साप्ताहिक
पथरी । व्यक्तिगत जग्गामा खोला कुदाउन खोजेको भन्दै उच्च अदालत विराटनगरले इटहरी उपमहानगरपालिकालाई मुद्दामा स्टे अर्डर जारी गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षणको नाममा निजी सम्पत्तिको विनाश गरेको भन्दै मुद्धा परेको थियो । कमला चौलागाई लगायतले हालेको मुद्दामा उच्च अदालतले उपमहानगरलाई तत्काल काम रोक्नु निषेधाज्ञायुक्त परमादेश जारी गरेको हो ।

इटहरी लाविपुरमा रहेको खोलालाई व्यक्तिगत जग्गामा उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले हाल्न खोजेको भन्दै मुद्दा परेको थियो । न्यायाधीश प्रेमराज कार्कीको एकल इजलासले भनेको छ ‘ निवेदकको माग बमोजिम किन आदेश जारी नहुनु पर्ने हो ? माग बमोजिम आदेश हुन नसक्ने कुनै आधार कारण भए प्रमाण सहित बाटोको म्याद बाहेक १५ दिन भित्र अदालतमा उपस्थित हुनु ।’ अदालत ले जारी गरेको परामादेशलाइ बिहीबार उपमहानगरपालिकाले पाएको छ ।

उपमहानगरपालिकामा दर्ता भएपछि सो विषय फिल्डमै रहेका प्रमुख चौधरीलाई इलाका प्रहरी कार्यालय पलकीका प्रहरीले जानकारी गराएर रोक्न लगाएका थिए ।

सम्बन्धित खवर