लामखुट्टे धपाउन बालिएको धुपबाट पर्सामा आगलागी - Crazysaptahik.com

लामखुट्टे धपाउन बालिएको धुपबाट पर्सामा आगलागी


क्रेजी साप्ताहिक
पथरी । लामखुट्टे धपाउन बालिएको धुप गोठमा सल्केर आगलागि भएको छ ।  पर्साको पोखरीया नगरपालिका १० शिवबर्वाका रामपृत राउत कुर्मिको खरको छानाले छाएको फुसको गोठमा आगलागि हुँदा आगोले त्यहाँ बाँधिएका ८ वटा वस्तुभाउ जलेका छन् ।

२ वटा भैंसीको पाडी, १ भैंसी, ३ वटा खसी तथा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । आगोमा जलेर अन्य आधा दर्जन वस्तुभाउ घाइते भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार, आगलागीबाट करिब तीन लाख ५० हजार क्षति भएको छ ।

सम्बन्धित खवर