सडकमा खसेको पहिरोले जिप पु¥यो - Crazysaptahik.com

सडकमा खसेको पहिरोले जिप पु¥यो


क्रेजी साप्ताहिक
पथरी । सिद्धबाबा सडक खण्डमा पहिरो खस्दा जिप पुरिँदा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । पाल्पाको तिनाउ गाउँपालिकाको दोभान हेडबक्स नजिकै शुक्रबार बिहान १०ः३० बजे खसेको सुख्खा पहिरोले लु १ ज २६१७ नम्बरको जीप पुरिँदा गुल्मी छापचौरका कमल परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाल्पामा कार्यरत एसपी दीपेन्द्र जीसीले दिएको जानकारी अनुसार, सडकमाथिबाट खसेको ढुंगाले लागेर सोही जीपमा सवार ४ जना घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ । घाइते चारै जनालाई उद्धार गरेर प्रहरीले लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाएको जिल्ला प्रहरी कार्यालय दोभानकाए एसपी दीपेन्द्र जीससले

त्यस्तै, लु २ च ५९३८ नम्बरको स्कार्पियो गाडी पनि सुख्या पहिरोमा परेको थियो । यद्यपि, स्कार्पियोमा सवार व्यक्तिहरू भने सकुसल रहेको प्रहरीले जनाएको छ । सुख्या पहिरो खसेपछि केहीबेर सवारी आवागमन प्रभावित हुन पुगेको थियो । पहिरो खसेको १ घण्टापछि सडकको अवरोध हटाएर सवारी एकतर्फी सञ्चालनमा ल्याइएको एसपी जीसीले जानकारी दिए ।

‘सुख्खा पहिरोपछि अवरुद्ध भएको सडक एकतर्फी खुलाएर सवारी आवागमन सञ्चालनमा ल्याएका छौं’, जीसीले भने, ‘बाँकी अवरोध हटाएर दुर्ईतर्फी सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छौं ।’

सम्बन्धित खवर