सुनको गहना चोरी गर्ने दुई जना प्रक्राउ - Crazysaptahik.com

सुनको गहना चोरी गर्ने दुई जना प्रक्राउ

क्रेजी साप्ताहिक
पथरी । चाडपर्व नजिकिदै गर्दा धरानमा अहिले चोरीको घट्नामा बृद्धि हुन थालेका छ । यसैक्रममा धरानमा सुनका गरगहना चोरी गर्ने दुई जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । दुई दिन अगाडि राती १० बजेको धरान ५ देउरालीकी ३३ बषीृया नरवती राईको गरगहना चोरी गर्ने सोही ठाउँ बस्न बर्ष ३३ का भक्तबहादुर विश्वसकमा र बर्ष ३६ का सूर्यबहादुर विश्वकर्मालाई प्रहरीले प्रक्राउ गरेहो ।

नरवती राईले छोरालाई सुताई छिमेकी घर पुगि फर्किने क्रममा दुई जना घरभित्रबाट निस्किदै गरेको भेटेपछि सोध्ने क्रममा उनीहरु भागेका थिए । शंकालागि आफ्नो सरसामन खोज गर्दा कोठामा रहेको दराजमा राखेको सुनका गहना जन्तर १ थान, तिलहती १ थान, सुनको जुनतारा १ थान, ब्रासलेट १ थान, औठी १ थान, पिजडा १ जोर, बेरुवा औठी १ थान र चादिका गहना ब्रासलेट २ तान, सिक्री १ थान चोरी भएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरी पश्चात चोरी गर्ने विश्वकर्माद्वयको खोजी कार्यलाई तिब्रता दिने क्रममा उनीहरुलाई प्रहरीले प्रक्राउ गर्न सफल भएका इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए । उनका अनुसार चोरी गरको सामान समेत जम्मा तौल ३ तोला ५ आनी २ लालको मुल्य करिब अढाई लाख रहको अनुमान गरिएको बताए । प्रहरीले चाडवाड बढेसंगै चोरीका घट्ना बढ्न थालेपछि घरको झ्याल ढोका राम्ररी बन्द गरर सुरक्षित बस्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

सम्बन्धित खवर